मोरङको धनपालथान गाँउपालिकामा सामुदायिक खाद्य बैंक संचालनमा आएको छ । धनपालथान गाँउपालिका अध्यक्ष र उपाध्यक्षले संयुक्त रुपमा सामुदायिक खाद्य बैंकको उद्घाटन गर्नु भएको छ ।
>
कोशी प्रदेशको मोरङमा धनपालथान गाँउपालिका र झापाको बारादशी गाँउपालिकामा खाद्य बैंक स्थापना भएको र यस बैंकले लक्षित वर्गका जनता लाभान्वित हुने वडा नं ६ का वडा अध्यक्ष रोजित हुसेनले बताए । विश्व खाद्य कार्यक्रको आर्थिक सहयोग र गाँउपालिकाको मुमि सहयोगमा खाद्य बैंक संचालनमा आएको ५ नं वडा अध्यक्ष गयानन्द सरदारले बताए । अब यस खाद्य बैंकबाट असाहय , गरिब , विपन्नहरुलाई खाद्य निःशुल्क रुपमा सहयोग हुने भएको छ भने , कार्यविधि अनुसार सहुलियत दरमा खाद्यान्न विक्रि वितरण समेत गर्न सकिने धनपालथान गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेश झाले बताए । सामुदायिक खाद्य बैंक हस्तान्तरण तथा सउद्घाटन कार्यक्रममा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग रहेको थियो भने , नेपाल जनस्वास्थ्य तथा प्राविधिक सहयोग समुहको प्राविधिक सहयोग रहेको गाँउपालिका स्वास्थ्य शाखा संयोजक रिसि सेठले बताए । >
आमा तथा बाल स्वास्थ्यको पोषण कार्यक्रम अन्तर्गत या बैंक बनाउन ४५ लाख रुपैँया खर्च भएको छ भने , जग्गा धनपालथान गाँउपालिकाले सहयोग गरेको छ । >
५ महिनामा मै भौतिक रुपमा सम्पन्न भएको यो बैंकबाट छिमेकी पालिकामा समेत गरिब वा विपन्नहरुलार्य खाद्य सहयोग हुने भएको छ । उद्घाटनको दिन नै , १० जना गर्भवति तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको थियो । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष , उपाध्यक्ष , डब्लु एफ पिको प्रतिनिधि ,७ वटै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , नेफेगका प्रतिनिधि , स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख , कोशी प्रदेश स्वास्थ्य निर्देश्नालय निर्देशक ,स्वास्थ्य कार्यलय मोरङका प्रतिनिधि लगायतको उपस्थििति रहेको थियो । >
>>