डाक्टर र स्थानीयहरूका अनुसार दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्र नजिकै इजरायली ट्याङ्कको गोलाबारीमा २६ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्।>
रफाहका स्थानीय पत्रकार मोहम्मद गरिबले बीबीसीलाई बताएअनुसार हजारौं प्यालेस्टिनीहरू अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्र नजिकै भेला भएका थिए। त्यसपछि इजरायली ट्याङ्कले भीडमाथि गोली चलाएको हो। >
आक्रमणपछि उद्धार टोलीहरू घटनास्थलमा पुग्न नसकेपछि धेरै घाइते र मृतकहरूलाई गधा गाडामा राखेर अल–मावासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको थियो।>
घटनाबारे टिप्पणीको लागि बीबीसीले इजरायल रक्षा बल (आईडीएफ)लाई सम्पर्क गरेको छ।>
मोहम्मद गरिबले स्थानीय समय अनुसार बिहान ४ः३० बजे गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित राहत केन्द्र नजिकै रहेको अल–आलम स्क्वायर नजिकै भीड जम्मा भएको बताए। त्यसपछि इजरायली ट्याङ्कहरू त्यहाँ पुगे र गोलीबारी गर्न थाले।>
रेडक्रस फिल्ड अस्पतालले आक्रमणमा २६ जनाको मृत्यु भएको र १५० जना घाइते भएको पुष्टि गरेको छ।>
>>>>>