राजावादी हाैसिएका बेला काठमाडाैंमा दुई महिने निषेधाज्ञा, पाँच जनाभन्दा धेरै भेला हुन निषेध (सूचनासहित

Jasus Khabar 3958+ समाचार ( )
२६ फाल्गुन २०८१

काठमाडौंका केही क्षेत्रमा स्थानीय प्रशासनले दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद भवन वरपरका क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ । पछिल्लो समय देशमा राजावादीहरूको सक्रियता बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको बुझिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार