पुनर्निर्माण कोषमा योगदान गर्न मन्त्री कुलमानको आह्वान

Jasus Khabar 3925+ समाचार ( )
९ अशोज २०८२

 ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् ।

सरकारल आज मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ । समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिए ।

भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए ।

प्रतिक्रिया