उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई १० हजार जरिवाना

Jasus Khabar 3959+ समाचार ( )
२४ जेठ २०८२

त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्ड विपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशासनले जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो।

उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए। रासस

प्रतिक्रिया