संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि बिहीबार बोलाएको छ । >
समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज उजुरीकर्ताबाट सातजनाले व्यक्तिगतरूपमा र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका छन् । हरिकृष्णलाई भोलि बिहान ८ बजे समितिमा बोलाइएको उनले जानकारी दिए । "आज सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा राख्नुभयो । भोलि ८ बजे हरिकृष्ण कार्कीलाई समितिमा कार्ययोजना प्रस्तुत गर्न बोलाएका छौँ," उनले भने ।>
समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने छन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।
>
>>