अजमल अन्सारी>
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा एक वर्षमा १ हजार ८ सय ८७ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/०८२ श्रावण देखि ०८२ जेष्ठसम्म एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा सो मुद्दा दर्ता भएको हो ।>
दर्ता भएको जम्मा १ हजार ८ सय ८७ वटा मुद्दामा १ हजार १ सय ३ वटा मुद्दा फर्छ्यौट भएको र ६ सय ६४ वटा मुद्दा बाकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।>
>
गाउँघरमा मिलापत्र हुने भएका कारण कतिपय घटनाहरु जिल्ला प्रहरी कार्यालयमा कम दर्ता हुने गरेका छन् । जसमा कुटपिट, खाना लाउन नदिएको, सामान्य झैझगडा गरेकाको हकमा ठाडो उजुरी परेका श्रीमान-श्रीमतीको १ सय ३० वटा सहित ४ सय ३९ वटा घटनाबाहेक अन्य भवीतव्य, जबर्जस्ती करणी, जबर्जस्तीकरणी उद्योग, जुवातास, अभद्र व्यवहार, सवारी, चोरी, ठगी, झुण्डिएको, ज्यान मार्ने उद्योग, बहुविवाह, अपरहण तथा शरीर बन्धक लगायतका रहेको प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो ।>
>
महिला सेलमा ठाडो उजुरी परेर आएकामध्ये कुटपिट, खाना लगाउन नदिएको सामान्य झैझगडा गरेर निवेदन दिनेहरूका लागि दुवै पक्षलाई झिकाएर कानुनी परामर्श दिई मिलापत्र गराएर घर पठाएको महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक मेनुका राईले जानकारी दिनुभयो ।>
>
प्रहरी कार्यालय सुनसरीका अनुसार कर्तव्य ज्यानको १५, ज्यान मार्ने उध्योगको ४२, भवीतव्यको ९६, फुटकर ज्यानको २५, आत्महत्या दुरुत्साहनको २, ज्यान सम्बन्धि (विविध शिर्षक नखुलेको) ८, मृत अवस्थामा फेला परेको ज्यान १८, मानव बेचबिखन तथा ओसारपसारको ३, बहुविवाहको ४१, बालविवाहको २, जवर्जस्तीकरणी ७३, जवर्जस्ती करणी उद्योग ५, हाडनाता करणीको २, वैवाहिक जजकको १, बालयाैन दुराचार १३, बाल याैन दुरुपयोग तथा जजकको १, बालबालिका सम्बन्धि कसुरको १, सवारी ज्यानको ७७, सवारी अंगभंगको २४, मानव बेचबिखन तथा जबर्जस्ती करणीको एक, अपहरण तथा जबर्जस्ती करणीको एक मुद्दाको उजुरी परेको छ ।>
>
यसैगरी बैंकिङ कसुरको २ सय ३२, सम्पत्ति शुद्धिकरणको २, मृत्यु दर्ता किर्ते सम्बन्धि कसुरमा एक, पशुपंक्षी सम्बन्धि कसुरको एक, बम बिष्फाेटको एक, अंगभंगको एक, कुटपिट वा अंगभंगको ४, सार्वजनिक न्याय विरुद्धको कसुरको एक, आपराधीक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरको ११, सार्वजनिक न्याय विरुद्धको एक, अभद्र व्यवहारको २ सय ६२, सार्वजनिक शान्ति विरुद्धको कसुरको एक, अपहरण गरि मानव बेचबिखनको एक, हातहतियार खरखजनाको ५, हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको एक, विद्युतीय कसुर तथा साइवर अपराधका १३, अपहरण तथा जबर्जस्ती करणीको एक, व्यक्ति बेपत्ताको दुई, अपहरण वा शरीर बन्धक सम्बन्धि कसुरको ७, नागरिक्ता सम्बन्धीको ६, सरकारी छाप दस्तखत किर्तेको तीन वटा मुद्दा दर्ता भएको छ ।>
>
त्यस्तै, हातहतियार खरखजना गोली हानी ज्यान मार्ने उद्योगको एक, सट्टाबाजीको एक, लागू ओैषधको ४ सय २०, ठगी तथा चोरीको एक, अभोैतिक मुद्रा सम्बन्धि कसुरको दुई, ठगी अपराधिक विश्वासघात सम्बन्धि कसुरको ६६, मुद्रा सम्बन्धिको २, जुवा खेल्न वा सट्टाबाजी गर्न नहुनेको १०, चोैपाया चोरीको ४, सवारी चोरीको १६, चोरी उद्योगको ३, साधारण चोरीको ८२, नकबजनी चोरीको ५, डाका चोरीको ४ वटा मुद्दा दर्ता भएको हो ।>
>
यस्तै, झुन्डिएर १ सय ७८, बिष खाएर ३५, आगो लगाएर २, हातहतियार ओैजार प्रयोग गरेर एक वटा र पानीमा डुबी भवीतब्यको २६ वटा मुद्दा दर्ता भएका छन् ।>
>
जिल्ला प्रहरी कार्यालय सुनसरीले जघन्य अपराधबाहेकका सामान्य घरयासी झैझगडाका मुद्दा मेलमिलाप गरेर घर पठाउने गरेको छ । मेलमिलाप गरी पठाइसकेपछि पुन: दोहोरिएर जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न नआएको प्रमुख प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो ।>
>
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले भन्नुभयो, “सुनसरी जिल्ला सुरक्षा र कानुनी कार्यान्वयनका हिसाबले चनाखो छ । अपराध रोकथाम र नियन्त्रणका लागि प्रहरी निरन्तर क्रियाशील छ । जघन्य अपराधमा शून्य सहनशीलता अपनाइएको छ ।” वहाँले थप्नुभयो," जिल्लामा अपराध नियन्त्रण र सामाजिक सुरक्षाको वातावरण कायम गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी पूर्ण रूपमा प्रतिबद्ध छ । हामीले जनगुनासोका आधारमा तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउने, जघन्य अपराधमा शून्य सहनशीलता अपनाउने र सामान्य घरेलु विवादलाई मेलमिलापमार्फत समाधान गराउने नीतिमा काम गरिरहेका छौं ।">
>
अहिले जिल्लामा लागू औषध कारोबार, सवारी दुर्घटना, घरेलु हिंसा र ठगी जस्ता घटनाहरू बढी देखिएका छन् । यस्ता अपराध नियन्त्रणमा सामुदायिक प्रहरी साझेदारी र नियमित गस्ती, सूचना संकलन तथा अपरेशनलाई सशक्त बनाइएको जानकारी दिनुभयो ।>
>
जनताको सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिएको, कुनै पनि अपराध दर्ता भएपछि तत्काल अनुसन्धान थाल्ने, प्रमाण संकलनमा सजग रहने र कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने हाम्रो प्राथमिकता भएको बताउनुभयो । वहाँले आगामी दिनमा पनि अपराध न्यूनीकरण, जनगुनासो सम्बोधन र मेलमिलाप संयन्त्रलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना रहेको बताउनुभयो ।>
>
प्रमुख तिम्सिनाका अनुसार अपराध अनुसन्धान, मुद्दा फर्छ्यौट र मेलमिलाप प्रक्रिया सशक्त बनाइएकोले जिल्लामा अपराध नियन्त्रणमा सकारात्मक प्रभाव पारेको छ ।>
>