जनकपुरधाम उपमहानगरपालिका- ११का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन् ।>
महिला प्रहरी सेलमा परेको उजुरीका आधारमा उनलाई गएराति नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । यद्यपि, पक्राउ गर्नुको कारणबारे प्रहरीले थप स्पष्ट भने गरेको छैन ।>
यसअघि पनि चौधरी घुसकाण्डमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो । भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।>>