नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास
>
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।>
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । धेरै सोचविचार गरेर सन्न्यासको घोषणा गरेको उनले बताए। “यत्रो वर्ष क्रिकेट खेलें। अब परिवर्तन हुनुपर्छ, यो नै सन्न्यास लिने उपयुक्त समय हो भने लाग्यो,” मल्लले भने।
>
केही समयअघि पनि सन्न्यास लिने विषयमा सोचेको उनको भनाइ थियो। तर, आफूले सन्न्यास लिंदा टोलीलाई असर नपरोस् भनेर धैर्य गरेको उनले बताए। अब नयाँ प्रतिभावान् खेलाडी आइसकेको बताउँदै उनले भने, “मेरो ड्यूटी पूरा गरें भन्ने महसूस भयो।”
>
मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय खेल खेलेका छन्। जसमा ८७६ रन बनाएका छन्। त्यस्तै, ४५ वटा अन्तर्राष्ट्रिय टी(२० मा ८८३ रन बनाएका छन्।
>
उनले सन् २०१८ मा पहिलो एकदिवसीय खेल खेलेका थिए। त्यस्तै, सन् २०१४ मा पहिलो अन्तर्राष्ट्रिय टी(२० मा नेपालको प्रतिनिधित्व गरेका थिए।
>
पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बनेका थिए । २०७६ सालमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए ।
>>