बिहीबार बिहान भारतको दिल्ली–एनसीआरमा भूकम्पको झट्का महसुस गरिएको छ।>
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.४ रहेको जनाएको छ। दिल्ली–एनसीआरमा करिब ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।>
भूकम्पबाट अहिलेसम्म कुनै क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ। >
एनसीएसले भनेको छ,‘भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। यसको गहिराई जमिनभन्दा करिब दश किलोमिटर तल थियो।’>
मेट्रोका यात्रु अरशदले एएनआईसँग कुरा गर्दै भने,‘भूकम्पका कारण दिल्ली मेट्रो सेवा बन्द गरिएको थियो तर हामीले भूकम्प महसुस गरेनौँ।>
दिल्ली–एनसीआर भूकम्पीय जोखिम क्षेत्र मानिन्छ ।>
>>>>>