भियतनाममा खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। उत्तरी भियतनामको लोकप्रिय पर्यटकीयस्थल हालोङ खाडीमा उक्त दुर्घटना भएको हो। >
रिपोर्टका अनुसार धेरैजसो यात्रु भियतनामको राजधानी हनोइबाट आएका थिए। उद्धारकर्मीहरूले ११ जनालाई पानीबाट जीवितै उद्धार गरिएको बीबीसीमा समाचार छ।>
पर्यटकहरू डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । उद्धारकर्मीहरूले भारी वर्षाका कारण बेपत्ता खोजीमा कठिनाइ भइरहेको बताएका छन्।>
>>>>>