जिल्ला अस्पताल: डा. अमिताभ ठाकुरको नेतृत्वमा स्वास्थ्य सेवामा ठूलो सुधार

Jasus Khabar 3945+ समाचार ( )
अस्पतालमा उपचाररत बिरामीहरूलाई मुस्कानसहित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
१२ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । डा. अमिताभ ठाकुर मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिल्ला अस्पताल सुनसरी इनरुवाको कार्यकालले अस्पतालको विकास र सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। डा. ठाकुरको नेतृत्वमा अस्पतालमा स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भएको छ ।


अस्पतालको सुधार र सेवाले स्थानीय समुदायका नागरिकलाई प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको छ । डा. अमिताभ ठाकुरको नेतृत्वमा अस्पतालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, दन्त रोग, कान तथा आँखा रोग र अन्य सेवा विस्तार गरेका छन्।


अस्पतालमा विभिन्न किसिमका सेवाले स्थानीय नागरिकलाई शहरको ठूलो अस्पतालमा जाने आवश्यकता बिना नै जिल्लामै उच्च गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सहयोग पुर्‍याएको छ।


अस्पतालको सुविधाहरूमा थपिएको इको र इन्डोस्कोपी जस्ता अत्याधुनिक प्रविधिहरूले पनि उपचार प्रक्रियामा ठूलो परिवर्तन ल्याएको छ। यिनै सेवाहरूको परिणामस्वरूप, अस्पतालले स्थानीय स्तरमा सस्तो र प्रभावकारी स्वास्थ्य सेवाको पहुँच बढाएको छ।


अस्पतालमा सुधार ल्याउने क्रममा डा. ठाकुरले स्थानीय समुदायलाई सहज र उपयुक्त स्वास्थ्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको बताउनुभयो । वहाँले अस्पतालमा उपचाररत बिरामीहरूलाई मुस्कानसहित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बिरामीहरूको सेवा–सुविधामा सुधार ल्याउने र अस्पतालको सेवा गुणस्तरमा वृद्धि गर्ने लक्ष्य राखेको बताएका छन् ।​


वहाँको प्रयासहरूले सुनसरी जिल्लाका नागरिकहरूलाई चिकित्सा सेवामा महत्वपूर्ण सुधारका अवसर प्रदान गरेको छ। डा. ठाकुरको नेतृत्वमा जिल्ला अस्पताल सुनसरी इनरुवाले हालसम्म सबै खाले स्वास्थ्य सुविधामा ठूलो प्रगति हासिल गरेको छ । यसले भविष्यमा थप सुविधाहरू र सेवा विस्तारको लागि प्रतिबद्धता देखाएको छ।


डा. ठाकुर स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् र आठौं तहका मेडिकल अधिकृतका रूपमा कार्यरत छन्। उनले यसअघि जिल्ला अस्पताल धनकुटा, त्रिशुली अस्पताल (नुवाकोट), सिन्धुली अस्पताल र जिल्ला अस्पताल उदयपुरमा पनि निमित्त मेसु तथा विशेषज्ञ चिकित्सकका रूपमा सेवा प्रदान गरिसकेका छन् ।​

प्रतिक्रिया