कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
५ आषाढ २०८२

कैलालीमा छुट्टाछुट्टै नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मोहना नदी र गौरीगंगा खोलामा डुबेर दुई जना पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कैलारी गाउँपालिका–७, रामपुरका ४५ वर्षीय दुलाराम चौधरीको नदीमा डुबेर मृत्यु भएको जानकारी दिए ।

चौधरी मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । इलाका प्रहरी कार्यालय रामपुर र भुइयाँफाँटा बीओपीबाट खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गरेपछि चौधरी मृत फेला परेका हुन् ।

यस्तै, कैलालीकै गौरीगङ्गामा खोलाले बगाउँदा गौरीगङ्गा नगरपालिका–२ का ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको डीएसपी सिंहले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार