एलन मस्कले खोले पार्टी, नाम राखे- अमेरिकन पार्टी

Jasus Khabar 3958+ समाचार ( )
२२ आषाढ २०८२

विश्वका सबैभन्दा भनाड्य एलोन मस्कले आफ्नो छुट्टै पार्टी खोलेका छन् । उनले अमेरिकी पार्टी खोल्ने जनाएका हुन् ।

यो पार्टीले अमेरिकीहरूलाई उनीहरूको स्वतन्त्रता पुनः दिलाउने मस्कको भनाइ छ । ट्रम्पसँगको बढ्दो तिक्तताका बीच ट्रम्पले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् ।

उनले अमेरिकामा राजनीतिक विकल्प सीमित भएकाले आफूले नयाँ दल खोल्नुपरेको पनि बताए । पार्टी खोल्नुअघि मस्कले एक्समा एक पोल गराएका थिए । जसमा ६५ प्रतिशतभन्दा बढीले नयाँ पार्टी खोल्नुपर्ने पक्षमा मत दिएका थिए ।

प्रतिक्रिया