जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणको अनुसन्धान सुरू

Jasus Khabar 1+ समाचार ( )
७ मंगशिर २०७९

जापान सरकारले पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएको पाँच महिनापछि युनिफिकेसन चर्चमाथि अनुसन्धान सुरू गरिएको छ ।

आबेको हत्याराले युनिफिकेसन चर्चसँगको आक्रोसका कारण उक्त हत्या गरेको खुलेपछि चर्चमाथि अनुसन्धान सुरु भएको हो। उक्त चर्चको आर्थिक र वित्तीय कारोबारमा केन्द्रित भई छानबिन हुने भएको छ । कारबाहीपछि संगठन र यसको कानूनी हैसियत खोसिन सक्ने अनुसन्धान रिपोर्टहरूमा उल्लेख गरिएको छ ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एडीपी) का सदस्य र चर्चबीचको लामो समयदेखिको सम्बन्ध खुलासा भएपछि जनतामा आक्रोस बढ्दा प्रधानमन्त्रीको लोकप्रियतामै धक्का लागेको छ । देशका शिक्षा मन्त्री केइको नागाओकाले चर्चलाई अनुसन्धानकर्ताहरूको प्रश्नहरूको जवाफ दिन डिसेम्बर ९ सम्मको समय दिइएको बताएका छन् । चर्चलाई उसको विवादास्पद कोष सङ्कलन गतिविधिहरूको बारेमा प्रश्न सोधिएको छ ।

त्यसपछि चर्चको कानूनी हैसियत हटाउने कि नहटाउने भन्ने निर्णय हुने भएको छ । कानूनी हैसियत हटेमा धार्मिक संस्थाहरूले पाईरहेको कर छुट बन्द हुनेछ । गत जुलाईको सुरुमा चुनावी भाषणका क्रममा आबेलाई तेत्सुया यामागामीले गोली हानेका थिए ।

प्रतिक्रिया