काठमाडौंको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन्।>
मंगलबार बिहान च्यासल मैदानमा सम्पन्न खेलमा तारकेश्वर र कोन्ज्योसोमले १-१ गोलको बराबरी खेलेका छन्। वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रंगशालाको मैदानमा खेल हुन नसकेपछि च्यासल मैदानमा खेलाइएको थियो। जारी प्रतियोगितामा यो पहिलो बराबरी हो। तारकेश्वरका लागि सुजन महर्जन र कोन्ज्योसोमका लागि अनिल तामाङले गोल गरे।>
यो नतिजासँगै समूह ‘डी’ बाट तारकेश्वर र कोन्ज्योसोमले समान एक अंक जोडेका छन्।>>