ज्ञानेन्द्र शाही भन्छन्: डिएनएसबाट फेसबुक चलाउन गाह्रो भयो सरकार, आजै खोल्नुहोस्

Jasus Khabar 3958+ समाचार ( )
२३ भाद्र २०८२

राप्रपा नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकले ‘संविधान मान्दिनँ’ भनेको भनी झुट बोलेको आरोप लगाएका छन्। उनले सरकारले जनताले सामाजिक सञ्जालमा विरोध गरेको कारण फेसबुक बन्द गरेको दाबी गरे। 

उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकले संविधान मान्दिनँ भनेर झुट बोले। संविधान नमान्नेले ठूला करदाता कार्यालयमा दर्ता भएर कर कसरी तिर्छ? सिधै भनिदिनुहोस्, सरकारको विरोध जनताले सामाजिक सञ्जालमा गरे, त्यसैले बन्द गरियो। बेलैमा बुद्धि पुर्‍याउनुहोस्, सरकार, आजबाट सामाजिक सञ्जाल खोल्नुहोस्। "गाह्रो छ हो हामीलाई डिएनएसबाट फेसबुक चलाउन।’

गत बिहीबार सरकारले फेसबुक, एक्ससहित २६ एप नेपालमा दर्ता नभएको भन्दै प्रतिबन्ध लगाएको थियो। 

प्रतिक्रिया

सम्बन्धित समाचार