कोशीमा घट्न थाल्यो पानीको बहाव

Jasus Khabar 1+ समाचार ( )
१३ अशोज २०८१

कोशीमा पानीको बहाव घट्न थालेको छ। वर्षाका कारण पानीको स्तर उच्च भए पनि अब वर्षात् रोकिएसँगै बिस्तारै बहाव घटिरहेको छ।


आज बिहान ६ बजेको तथ्यांकअनुसार कोशी ब्यारेज कन्ट्रोल रुममा ६ लाख ६१ हजार ५ क्यूसेक पानी मापन गरिएको थियो, जुन पानीको बहावको इतिहासमा दोस्रो उच्च विन्दु हो। तर, क्रमशः बिहान ७ बजे ६ लाख ५५ हजार ५ क्यूसेक र ८ बजे ६ लाख ४३ हजार ६७५ क्यूसेक मापन गरिएको छ। पछिल्लो मापनअनुसार कोशीमा ६ लाख २८ हजार १ सय क्यूसेक पानी रहेको छ।


प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार, माथिल्लो तटीय क्षेत्रमा वर्षा रोकिएकोले पानीको सतह घट्न थालेको हो।


प्रतिक्रिया