सार्वजनिक स्थानमा निर्माण सामग्री राख्ने घरधनीलाई महानगरपालिकाद्वारा १० हजार रुपैयाँ जरिबाना

Jasus Khabar 1+ समाचार ( )
४ श्रावण २०८०

सार्वजनिक स्थानमा निर्माण सामग्री राख्ने घरधनीलाई काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिबाना तिराएको छ । 

महानगरले वडा नं. २५ का अविषेक तुलाधारलाई जरिबाना तिराएको हो ।  तुलाधारले घर निर्माणका क्रममा सार्वजनिक स्थलमा निर्माण सामग्री राखी ढल बन्द हुने अवस्था आएको महानगरको दाबी छ । 

प्रतिक्रिया