तरुण दल सुनसरी-४ 'ख' को सभापतिमा जमालुद्दीन मन्सुरी मनोनित

Jasus Khabar 3925+ समाचार ( )
३० जेठ २०८२

इनरुवा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर ४ 'ख' को सभापतिमा जमालुद्दीन मन्सुरी मनोनित भएका छन्। संगठनलाई थप सशक्त र क्रियाशील बनाउने उद्देश्यले मन्सुरीलाई सभापतिमा मनोनित गरिएको नेपाल तरुण दल सुनसरीले जनाएको छ।


सभापतिमा मनोनित भएपछि मन्सुरीले संगठनलाई थप व्यवस्थित, बलियो र युवामैत्री बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले क्षेत्र नम्बर ४ 'ख' अन्तर्गत रहेका सम्पूर्ण युवा सदस्यहरूलाई एकजुट गर्दै लोकतान्त्रिक मूल्य र सिद्धान्तको संरक्षण तथा पार्टी संगठन सुदृढीकरणमा विशेष जोड दिने बताएका छन्।


भोक्राहा नरसिंह गाउँपालिका-६ का वडा सभापति समेत रहेका मन्सुरी नेपाली कांग्रेसको दीर्घकालीन कार्यकर्ता हुन्। पार्टी भित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले स्थानियस्तरमा युवाहरूको नेतृत्व विकास, सामाजिक गतिविधि र जनसेवामा समेत उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन्।


उनले सभापति पदमा मनोनयनसँगै तरुण दललाई सशक्त बनाउँदै युवा पुस्तालाई राजनीति प्रतिको आकर्षण बढाउने, बेरोजगारी न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने र लोकतन्त्र सुदृढीकरणमा युवाहरूको सक्रिय सहभागिता गराउने योजना समेत सार्वजनिक गरेका छन्।


यस अवसरमा नेपाल तरुण दल सुनसरीका पदाधिकारी तथा कार्यकर्ताहरू र पत्रकार अजमल अन्सारीले मन्सुरीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूको विश्वास अनुसार मन्सुरीको नेतृत्वमा क्षेत्र नम्बर ४ 'ख' मा संगठन थप सुदृढ र प्रभावकारी हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया