कश्मीर हमलामा मारिएका नेपाली बुटवल रुपन्देहीका सुदिप न्यौपाने, परिवारको खोजी जारी

Jasus Khabar 3959+ समाचार ( )
१० वैशाख २०८२

काठमाडौँ- जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा सुदिप न्यौपाने नाम गरेका नेपाली नागरिक रहेका भारतीय अधिकारीहरूले जनाएका छन्।

बुटवल रुपन्देहीका सुदिप न्यौपानेसहित २६ जनाको उक्त हमलामा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हमलामा मारिएका नेपाली नागरिक न्यौपाने अन्य विवरण खुलिसकेको छैन। तर उनका बुवाको नाम कुशल न्यौपाने रहेको बताइएको छ।

हमलामा परी १० जना घाइते भएका छन्। पहलगाम श्रीनगरबाट ७० किलोमिटर टाढा रहेको बताइएको छ।

प्रतिक्रिया