सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ हनुमानी चोकदेखि ५०० मिटर अगाडि रहेको खाल्डोयुक्त सडक मर्मत नहुँदा सवारी साधन चलाउन कठिन भइरहेको छ। स्थानीयहरूका अनुसार सो सडकको अवस्था दयनीय बन्दै गएको छ, जसले दैनिक यात्रु तथा चालकलाई जोखिममा पारिरहेको छ।>
आज सोही स्थानमा एक मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक सामान्य घाइते भएका छन् भने मोटरसाइकलमा क्षति पुगेको छ। स्थानीयले पटक–पटक सडक मर्मतको माग गरे पनि सम्बन्धित निकायले चासो नदेखाएको गुनासो गरेका छन्।>
यात्रु तथा चालकहरूको सुरक्षाका लागि तत्काल सडक मर्मत कार्यलाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ।>>