गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

Jasus Khabar 1+ समाचार ( )
२० श्रावण २०८०

 

प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पीडितहरुसँगको भेटमा उहाँले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने आश्वासन दिनुभयो ।

सोह्र वर्षअघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा माओवादी का २७ जना कार्यकर्ताको मृत्यु भएको थियो । त्यस घटनाका पीडितले विभिन्न माग राखेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।



प्रतिक्रिया