लघुवित्त खारेज गर्नुपर्नेसहितका माग राखेर लघुवित्त पीडितहरूद्वारा काठमाडौंमा प्रदर्शन

Jasus Khabar 1+ समाचार ( )
५ श्रावण २०८०

लघुवित्त खारेज गर्नुपर्नेसहितका माग राखेर लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो । उनीहरूले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्नेसहित पाँच बुँदे माग अघि सारेका छन् ।

आफूहरूको माग सरकारले पूरा गर्नुपर्ने भन्दै संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली एक सातादेखि अनशनमा छन् । प्रदर्शनमा सहभागी भएका अध्यक्ष ज्ञवालीले मुलुकी ऐन अनुसार मौद्रिक नीति नबनेसम्म लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान नहुने बताए । संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया