तारकेश्वरमा २२ करोड खर्च

Jasus Khabar 1+ समाचार ( )
१७ कार्तिक २०७९

काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्य लगायतमा उक्त रकम खर्च गरेको हो ।

प्रशासनिक खर्च रु १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च रु आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताए । काठमाडौँभित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ।


प्रतिक्रिया