लेटिन अमेरिकी मुलुक चिलीमा डढेलोमा परि ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

Jasus Khabar 1+ समाचार ( )
२२ माघ २०८०

लेटिन अमेरिकी मुलुक चिलीमा डढेलोमा परि ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । भलपराइसो प्रान्तमा फैलिएको डढेलोमा परि अझै सयभन्दा बढी मानिस हराइरहेका छन् ।

चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले देशभर आपतकालीन अवस्था घोषणा गर्दै उद्धार र राहत कार्यमा “सबै आवश्यक स्रोतहरू“ उपलब्ध गराउने बताउनुभयो । चिलीको इतिहासमै यो आगलागीलाई सबैभन्दा घातक डढेलो मानिएको छ । धेरै प्रभावित गर्मीको बिदामा तटीय क्षेत्रमा घुम्न गएको समयमा डढेलो फैलिएको थियो । स्वास्थ्य मन्त्रालयले अस्पतालका नियिमत शल्यक्रियाहरू बन्द गर्न र अस्थायी फिल्ड अस्पतालहरू स्थापना गर्न आह्वान गरेको छ ।

अझैपनि मुख्य प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु पुग्न सकेका छैनन् । चिली सरकारले आगलागी प्रभावित क्षेत्रहरूमा नजान मानिसहरूलाई आग्रह गरेको छ ।


प्रतिक्रिया