अमेरिका–गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे ‘प्रतिष्ठित सेवा अवार्ड’ पाउने पहिलो नेपालीमुलका अमेरिकन नागरिक बनेका छन्। >
जिपिके फाउन्डेसन अमेरिकाले आयोजना गरेको ‘एसिया प्यासाफिक आईल्यान्डर हेरीटेज’ कार्यक्रममा कोभिडदेखि हालसम्म अमेरिकामा निस्वार्थ रूपमा समाजसेवामा लागिपरेको उच्चमूल्यांकन गर्दै घिमिरेलाई न्युयोर्कस्थित क्विन्सवोरोकी जिल्ला न्यायाधीश मेलिन्दा काजले ‘प्रतिष्ठित सेवा अवार्ड’बाट सम्मानित गरेका हुन्। >
गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे लगायत फाउन्डेसन टिमले कोभिडको डरलाग्दो र जटिल समयदेखि हालसम्म निरन्तर रूपमा अहोरात्र समाजसेवामा लागिरहेकाले संस्थाको निस्वार्थ सामाजिक गतिविधिको आफू लगायत न्युयोर्कका जनसमुदायले उच्च मूल्यांकन गरी ‘प्रतिष्ठित सेवा अवार्ड’ प्रदान गरिएको जिल्ला न्यायाधीश मेलिन्दाले चित्रण गरिन्। मेलिन्दासँगै न्यूयोर्क स्टे«टका एसेम्बली मेम्बर स्टीफन राांगाले समेत सम्मानपत्र प्रदान गरेका थिए।>
अवार्ड हस्तान्तरण समारोहमा जिपिके फाउन्डेसनका पदाधिकारीहरू कोषाध्यक्ष रेखा श्रेष्ठ, कार्यसमिति सदस्य सूर्य सिमंखडा र पासाङ गोपर्मा शेर्पा, समाजसेवीहरू उर्गेन शेर्पा, लाना तु, मिसेल बार्थ, अनवर मोहम्मद, माईल्स पार्कर, जिमी होंग, किट्टी लिईन, गिता अधिकारी, योगेन्द्र अधिकारी, दिपक रायमाझी, आंगेलु शेर्पा, सुकमान तामाङ, ईन्द्र बुढा मगर, विद्यार्थी स्वयंसेवकहरू देविका कार्की, पुर्णीमा मगर, अमिता श्रेष्ठ र ग्रिश रायमाझी लगायतको वाक्लो सहभागीता रहेको थियो।>
>
‘जिपिके फाउन्डेसनले अमेरिकामा गरेको सामाजिक कार्यको समग्र उच्च मूल्यांकन गर्दै मलाई सम्मानित गरेकोमा अत्यन्त गौरवान्वित भएको छु’,गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, ‘यो अवार्डले आगामी दिनहरूमा अझै तन, मन र निःस्वार्थ भावनाले सामाजिक कार्यमा लागिपर्न उत्प्रेरित गरेको छ।’>>