प्रधानमन्त्रीको निर्देशनपछि यसरी हुँदै छ त्रिवि क्रिकेट मैदानमा काम

Jasus Khabar 3925+ समाचार ( )
२५ वैशाख २०८२

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट निर्माणको काम तोकिएको समयमा नसिकने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली केही दिनअघि कडा रूपमा प्रस्तुत भए ।

tu-cricket-ground-(12)-1746673016.jpg
तोकिएको समयमा काम नसकिने भएपछि ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका छन् । साथै उनले थप दुई महिनामा प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका छन् ।

tu-cricket-ground-(10)-1746673015.jpg
प्रधानमन्त्रीको निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिबद्धता गरेको छ ।

tu-cricket-ground-(11)-1746673015.jpg
फ्लडलाइट र १० हजार सिट क्षमताको प्याराफिट बनाउने काम भइरहेको छ । प्याराफिट बनाउन बीकेओआई-केसीडीसी-बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन-ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ भित्र सक्ने गरी मन्त्रिपरिषद‍ बैठकले निर्णय गरेको थियो ।

tu-cricket-ground-(8)-1746673014.jpg
यसअघि वैशाख ४ मा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछि उनले केही दिन मन्त्रालयबाटै निर्माण कार्यको अनुगमन पनि गरेका थिए ।

प्रतिक्रिया