नेपाली बजारमा सुनको मूल्य घट्यो

Jasus Khabar 1+ समाचार ( )
१४ अशोज २०८१

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सयमा कारोबार भएको थियो।  आजको मूल्य एक लाख ६० हजार पाँच सय निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएको  थियो। आज यसको मूल्य एक हजार नौ सय ४० मा कारोबार  भईरहेको छ।


प्रतिक्रिया