सिनियर टिममा नखेल्दै अमितले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

Jasus Khabar 3945+ समाचार ( )
१७ वैशाख २०८२

नेपाल पुलिस क्लबका ओपनर ब्याटर अमित श्रेष्ठले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। 

सन् २०१३ मा यू-१९ टिममा रहेर एलिट कप र एसिया कप समेत खेलेका अमितले सिनियर टिमबाट भने राष्ट्रिय टिमको जर्सी लगाउन नपाउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। 

३१ वर्षीय अमितले राष्ट्रिय टिमबाट नखेले पनि अन्य प्रतियोगिताहरू भने खेल्ने बताए। ‘राष्ट्रिय टिमबाट नखेले पनि अन्य प्रतियोगिताहरू भने खेल्छु,’ उनले अन्नपूर्ण पोष्टसँगको कुराकानीमा बताए। उनले अचानक संन्यास लिनुको कारण भने खुलाउन चाहेनन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार आफूले अन्य घरेलु प्रतियोगिताहरूमा उत्तिकै लगनका साथ खेल्ने उल्लेख गरेका छन्। 

उनले यू-१९ टिमबाट राष्ट्रिय टिमको जर्सी लगाएर खेल्नु आफ्नो लागि निकै गर्वको कुरा रहेको बताए। अन्नपूर्ण पोष्टमार्फत आफूले नेपालको प्रतिनिधित्व गर्दै भने अब नखेल्ने उल्लेख गरेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि क्रिकेट प्रतिको माया भने नघट्ने उनले लेखेका छन्। 

पहिलो सिजनको नेपाल प्रिमियर लिग(एनपीएल)मा उनले सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। त्यसलगायत उनले धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग लगायताका घरेलु प्रतियोगिता खेलिरहने छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार