आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । >
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । सो प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत पहाडी भूभागमा बादल लागेको छ ।>
आज राति कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
>>