अस्ट्रेलिया जाने क्रिकेट टिमको गरियो फिटनेस टेस्ट

Jasus Khabar 3959+ समाचार ( )
२२ श्रावण २०८२

यही अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस र फिजिकल टेष्ट भएको छ।

आज बिहान सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेष्ट भएको हो। अस्ट्रेलियन टप एन्ड टी-२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्ने छ।

१६ सदस्यीय नेपाली टोलीको कप्तान रोहित पौडेलले गरिरहेका छन्। अन्य सदस्यहरुमा दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन्।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।  नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी-२० आई श्रृड्ंखला खेल्दै छ।

प्रतिक्रिया

सम्बन्धित समाचार