राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी गरेको छ । >
प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड शुक्रबार नै जारी गरिएको जनाएको हो । >
सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लन्च गर्ने तयारी भइरहेको र २०८२ असोज महिनाभित्रै दर्ता प्रक्रिया थालनी गरिने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए । >
अभिलेखीकरण भएपछि विद्युतीय प्रणालीमार्फत नै सञ्चालन इजाजत पत्र जारी गरिने उनले बताए । प्राधिकरणबाट इजाजत प्राप्त भएपछि सहकारी संस्थाले प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको शर्माले जानकारी दिए । >
त्यस्तै प्राधिकरणले सहकारी संस्थाहरूको नियमाकीय परीक्षण गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग समझदारी गरेको छ । सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग सहकार्य गरिएको अध्यक्ष शर्माले बताए ।>
>>>