मदीना इस्लामिक विश्वविद्यालयमा छात्रवृत्तिको लागि आवेदन खुला

Jasus Khabar 3925+ समाचार ( )
२२ वैशाख २०८२

जासुस खबर समादाता 

काठमाडौँ, ५ मे २०२५ – साउदी अरेबियाको प्रख्यात मदीना इस्लामिक विश्वविद्यालयले १४४७ हिजरी शैक्षिक सत्रका लागि बाह्य छात्रवृत्ति (External Scholarship) अन्तर्गत आवेदन खुला गरेको छ। "Study in Saudi" नामक अनलाइन प्लेटफर्ममार्फत अब विश्वभरका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।

पोस्टग्र्याजुएट कार्यक्रमका लागि आवेदन अवधि:

१ मे २०२५ देखि ३१ अक्टोबर २०२५सम्म

अन्डरग्र्याजुएट कार्यक्रमका लागि आवेदन अवधि:

१ मे २०२५ देखि १४ जुन २०२५सम्म

मदीना विश्वविद्यालयले इस्लामिक अध्ययनमा उच्च शिक्षाको अवसर प्रदान गर्दै विद्यार्थीहरूलाई ज्ञान, अनुशासन र सेवामूलक भावना विकास गराउने उद्देश्य राखेको छ।

यो छात्रवृत्ति कार्यक्रम इस्लामिक शिक्षा प्राप्त गर्न इच्छुक विद्यार्थीहरूका लागि मात्र नभई मुस्लिम समुदायको भविष्य निर्माण गर्न चाहने सबैका लागि प्रेरणादायक अवसर हो।

नेपालका मुस्लिम विद्यार्थीहरूका लागि यो एक ऐतिहासिक अवसर हो जहाँ उनीहरूले विश्वस्तरीय शैक्षिक वातावरणमा अध्ययन गर्दै आफ्नो बौद्धिक, धार्मिक र सामाजिक क्षमतामा अभिवृद्धि गर्न सक्नेछन्।

पाँच दशकअघि देखि यस विश्वविद्यालयमा नेपाली विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् ।

आवेदन गर्न यो वेबसाइटमा जानुहोस्:

studyinsaudi.moe.gov.sa

प्रतिक्रिया