पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापागाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन् ।>
अहिले घरको झ्याल, ढोकालगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ ।>
विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका बताइएको छ । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी अब सक्रिय राजनीतिमा आउन लागेकी हुन् ।>
>
>
>
>
>>