बालिका करणी अभियोगमा बझाङबाट एक पक्राउ

Jasus Khabar 3959+ समाचार ( )
२ जेठ २०८२

बझाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

छबिसपाथिभेरा गाउँपालिका-४ झुतेडा बस्ने ३२ वर्षीय केशर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया