भारतको छत्तीसगढको बिजापुरमा तीन माओवादी नेतालाई मारेको प्रहरीले दाबी गरेको छ । प्रहरीले मुठभेड अझै जारी रहेको बताएको छ ।>
एक प्रहरी अधिकारीले भने,‘बिजापुरमा सुरक्षा बलले उसुर विकास खण्डको करेगुट्टा पहाडमा भेला भएका माओवादीविरुद्ध कारबाही सुरु गरेको छ । हामीले मुठभेड स्थलबाट तीन संदिग्ध माओवादीहरूको शव बरामद गरेका छौं ।’>
प्रहरी अधिकारीले मुठभेडमा ठूलो संख्यामा माओवादीहरू मारिने वा घाइते हुने सम्भावना रहेको बताए । मुठभेड अझै जारी रहेको भन्दै प्रहरीले यो लामो समयसम्म रहन सक्ने जनाएको छ । >
विगत एक हप्तादेखि सुरक्षा बलहरूले करिब १०० किलोमिटरमा फैलिएको करेगुट्टा पहाडलाई घेरा हालेका छन् ।>
माओवादीविरुद्धको कारबाहीका लागि तालिम प्राप्त तेलङ्गनाको ग्रे हाउन्ड्स र महाराष्ट्रको सी–६० युनिटले पनि पहाडलाई अर्को तर्फबाट घेरेका छन् ।>>