एमाले नेतृत्वसँग जोडिने काण्डहरूको छानबिन गरौं : शंकर पोखरेल

Jasus Khabar 1+ समाचार ( )
७ मंगशिर २०८१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ दिएका छन् । दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताए ।

उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गरे । एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए । दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेका थिए । त्यसको आरोपमा प्रसाईं प्रहरी नियन्त्रणमा छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् ।

दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले छानबिन गर्दा फरक नपर्ने बताएका हुन् । एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको उनले बताए । ‘छानबिन गरौं न, के फरक पर्छ !’, उनले भने ।महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरे ।

अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको पोखरेलले बताए । ‘त्यहाँ लगानी प्रमाणित गरे यसैलाई थपेर दिने सार्वजनिक रुपमा भनिसक्नु भएको छ’, पोखरेलले भने ।

प्रतिक्रिया