कमजोर ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

Jasus Khabar 1+ समाचार ( )
१५ जेठ २०८१

नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ ।

१८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका लागि कुशल भुर्तेलले १०, आशिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्बाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।

नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा  बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ । 

प्रतिक्रिया