नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। >
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । >
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।>>