मान्छे बोल्दा बोल्दै हल खाली हुने अवस्था भइसक्यो, कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्छ : शेरबहादुर देउवा

Jasus Khabar 1+ समाचार ( )
२६ माघ २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको जिल्ला सम्मेलनमा आफूले बोल्नुअघि नेताहरू हिँडेपछि व्यङ्ग्य गरेका छन्।

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, साथीहरु कोही छैन के बोल्नु। उनले थपे- मान्छे बोल्दा बोल्दै हल खाली हुने अवस्था भइसक्यो । हाम्रो साथीहरू सबैलाई लामो बोल्नुपर्छ । सबै कुरा प्रष्ट सुनाउन पनि पर्‍यो । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। धेरै कुरा बोल्नु छैन । साथीहरू बोलिसक्नुभयो ।

उनले काठमाडौंको जिल्ला सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि धेरै ठूलो महत्त्व राख्ने भएकाले त्यतातिर पनि ध्यान राख्न निर्देशन दिए। 

प्रतिक्रिया