साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से ३१.३१ अंकले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेर बन्द भएको हो ।>
बिहीबार ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ४३ कम्पनीको शेयरमूल्य बढ्दा १९७ को घट्यो भने ४ कम्पनीको स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६५१ रुपैयाँ पुगेको छ भने थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९७३ रुपैयाँ पुगेको छ । आजको कारोबारमा जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । >
आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ९६५ रुपैयाँमा झरेको छ । नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड २४ लाख बराबरको कारोबार भएको छ ।>
>>