धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २७.२१ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १.३१ प्रतिशतले घटेर २०३४.८२ विन्दुमा रोकिएको हो ।>
गएको साताको अन्तिम करोबार दिन नेप्से १४.४६ अंकले घटेको थियो । यस दिन तीन अर्ब ७७ करोड ५४ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम केही घटेको हो । बिहीबार तीन अर्ब ८६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो । २१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । २२५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साम्लिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ । हिमालयन रिइन्स्योरेन्सको लगातार सर्वाधिक मूल्यको सेयर कारोबार हुँदै आएको छ । आइतबार यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।>
कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक २.७० प्रतिशतले घटेको छ ।
>>