पहिरोमा परी निधन भएका प्रमुख सेनानी मिलन केसीको सैनिक सम्मानसहित अन्त्येष्टि

Jasus Khabar 1+ समाचार ( )
१४ अशोज २०८१

सिन्धुपाल्चोकको सिन्धुबीच रिसोर्टमा पहिरोमा परी निधन भएका नेपाली सेनाका प्रमुख सेनानी मिलन केसीको सैनिक सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।


केसीको पार्थिव शरीरमा नेपाली सेनाका उच्च अधिकारी र आफन्तजनले अन्तिम बिदाइ दिएका थिए। १२ गते बिहान १० बजे गएको पहिरोमा परी सेनाका कर्णेल केसीको निधन भएको थियो। उनको शव नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।


सैनिक सम्मानका साथ उनीलाई अन्त्येष्टि गरिँदा उपस्थित सबैले उनको बलिदान र सेवा प्रति श्रद्धाञ्जली अर्पण गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार