भारतको उत्तर प्रदेश राज्य स्थित अयोध्यामा हुने खुशियालीमा कोशी प्रदेशको राजधानी विराटनगर स्थित न्युरो अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा श्रीरामको प्राण प्रतिष्ठाको आवसरमा विराटनगरका विभिन्न स्थानमा २४ हजार दिप प्रज्जवलन् गरिने भएको हो ।
>
५०० वर्ष पछि मन्दिर निर्माण र प्राण प्रतिष्ठा आउदो माघ ८ गते सोमबार हिन्दु स्वयंसेवक संघ तथा झि. पुच विराटनगरको पहलमा बंग्लामुखी सोसाइटी, ब्रम्हाकुमारी राजयोग केन्द्र, बंगलामुखी मन्दिर र सो क्षेत्रभित्र रहेका व्यवसायीहरुले दिप प्रज्जवलन, बंग्लामुखी मन्दिर परिसरमा आरती, भजन कृतन र प्रसाद वितरणको कार्यक्रम आयोजना गर्ने भएका हुन् । >
न्यूरो अस्पतालका अध्यक्ष एवम वरिठ न्यूरोलोजिष्ट डा बिरेन्द्र कुमार विष्टले भने , ५०० वर्ष पछि भगवान श्रीराम को प्राण प्रतिष्ठा हुन गइरहेको पावन आवसरमा सम्पूर्ण हिन्दु धर्मालाम्वीहरुले यसलाई उत्साहको पर्वको रुपमा मनाउन समेत आग्रह गरे । >
५०० वर्षको प्रतिक मानेर ८ गते सबैले आफ्नो घर वरपर न्यूनतम ५ वटा भएपनि दिप प्रज्जवलन गरि तिहारमा जस्तै घर श्रृङ्गार गर्न र रंगोली बनाएर भगवान श्री रामलाई स्वागत गर्न न्यूरो अस्पतालका अध्यक्ष विष्टले आग्रह गरे । । >
>>