भारतको रक्सौलबाट आलुको बोरामा लुकाएर लागू औषध भित्र्याउँदै गरेका एक बालक वीरगन्ज नाकामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १४ भौरा घर बताउने १३ वर्षीय चन्दन सहनी रहेका छन्।सहनीलाई सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार क्षेत्रबाट लागू औषधसहित पक्राउ गरेको हो। बुधबार साँझ रक्सौलबाट वीरगन्ज आँउदै गरेको टाङ्गामा सवार सहनीको साथमा रहेको सेतो रंगको बोराभित्र आलुमा लुकाएर राखिएको ५० बोत्तल लागू औषध बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।>
आलुको बोराबाट लागू औषध ओनेरेक्स सिरप ५० बोत्तल बरामद भएको उनले बताए। लागू औषधसहित पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार साँझ नै प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए। >>