जिगरी ल्याब एण्ड पोलिक्लिनिक प्रा. लि.का प्रबन्धक शाहिद अन्सारीको बिदाई

Griha Sewa 46+ समाचार ( )
२० फाल्गुन २०८१

 बिराटनगरस्थित जिगरी ल्याब एण्ड पोलिक्लिनिक प्रा. लि.का प्रबन्धक शाहिद अन्सारीलाई एक विशेष कार्यक्रमका बीच सम्मानपूर्वक बिदाई गरिएको छ। अन्सारीले विगत दुई वर्षको अवधिमा संस्थाको व्यवस्थापन, मार्केटिङ, सेवा प्रवर्द्धन, तथा आन्तरिक सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। व्यक्तिगत कारणले विदेश जान बाध्य भएकाले उनले संस्थालाई विदा लिनुपरेको बताए।

बिदाई समारोहमा संस्थाका सञ्चालक, नौसाद आलम , जावेद अंसारी, मो. यासिन ,चिकित्सक डा. कौशर अली डा. फैय्याज अंसारी, कर्मचारी, शुभचिन्तक तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अन्सारीले आफ्नो कार्यकालका अनुभवहरू बाँड्दै भावुक अभिव्यक्ति दिएका थिए। उनले जिगरी ल्याब एण्ड पोलिक्लिनिकको विकास र विस्तारमा आफूले पुर्‍याएको योगदान स्मरण गर्दै सबै सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे।

शाहिद अन्सारीले भने:

"म यहाँ रहरले होइन, बाध्यताले जान लागेको छु। दुई वर्षको अवधिमा मैले धेरै अनुभव बटुलें, धेरै साथीसंगी कमाएँ, र यहाँको माया, स्नेह तथा इज्जत पाउने सौभाग्य प्राप्त गरें। यहाँको सहयोग कहिल्यै बिर्सन सक्दिनँ। व्यक्तिगत कारणले कतार जानुपरेको भए पनि भविष्यमा पुनः यही संस्थामा फर्कने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।"

उनले आफ्नो कार्यकालमा भएका कुनै त्रुटिहरूमा क्षमा याचना गर्दै, भविष्यमा संस्थाले अझ मजबुत, प्रभावकारी, र योगदानपूर्ण सेवा प्रदान गर्न सकून् भन्ने शुभेच्छा व्यक्त गरे।

संस्थाको प्रशंसा र अन्सारीको योगदान

संस्थाका सञ्चालक तथा अन्य वक्ताहरूले अन्सारीको लगनशीलता, इमानदारी, तथा नेतृत्व क्षमताको प्रशंसा गरे। कार्यक्रमका वक्ताहरूले उनले ल्याब र पोलिक्लिनिकको व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे।

संस्थका संचालक  ( अध्यक्ष्य जावेद अंसारी  ) ले भने:

"शाहिद अन्सारीको नेतृत्वमा हाम्रो संस्थाले उल्लेखनीय प्रगति गरेको छ। उनी आफ्नो जिम्मेवारीप्रति सदैव इमानदार रहे, मार्केटिङदेखि व्यवस्थापनसम्म महत्त्वपूर्ण योगदान गरे। हामी उनीप्रति आभारी छौँ र उनको उज्ज्वल भविष्यको कामना गर्दछौँ।"

सम्मान तथा बिदाई कार्यक्रम

बिदाई समारोहको अवसरमा अन्सारीलाई सम्मानपत्र, दोसल्ला ओढाएर नेपाली टोपी लगाएर बिदाई गरिएको थियो। उनलाई संस्थाका तर्फबाट विशेष सम्मान प्रदान गर्दै आगामी दिनमा पनि सधैं संस्थासँग जोडिरहन आग्रह गरियो।

कार्यक्रमको अन्त्यमा अन्सारीले पुनः सबै कर्मचारी, व्यवस्थापन, तथा शुभचिन्तकहरूलाई धन्यवाद दिँदै आत्मीय बिदाई लिए। उनले सबैसँग आगामी दिनमा पुनः भेट हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया