वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ व्याजदर सार्वजनिक गरेका छन् । कूल २० वटा बाणिज्य बैंकहरुले सार्वजनिक गरेको व्याजदरअनुसार साउनको तुलनामा भदौं महिनामा औषत व्याजदर घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम् औषत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौ महिनाको लागि ५.५७ प्रतिशत कायम भएको छ ।>
भदौ महिनामा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र कुमारी बैंकगरी ८ वटा बाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा व्याजदर घटाएका छन् ।>
>
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, नविल बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, र राष्ट्रिय वाणिज्य बैंकगरी ११ वटा बैंकले साउन महिनाकै व्याजदरलाई निरन्तरता दिएका छन् ।>
प्रभु बैंकले भने साउनको तुलनामा व्यक्तिगत मुद्दतीमा व्याजदर बढाएको छ । साउन महिनामा ४.२५ प्रतिशत व्याजदर कायम भएको प्रभु बैंकको भदौ महिनाको लागि भने ५.३५ प्रतिशत व्याजदर रहेको छ ।>
>
भदौको ब्याजदरमा कृषि विकास ५.२ प्रतिशत, एभरेस्ट ५.७५ प्रतिशत, नेपाल बैंक५.४ प्रतिशत, लक्ष्मी सनराइज ५ प्रतिशत, माछापुच्छ्रे ६ प्रतिशत, एनआईसी एसिया ६.२५ प्रतिशत, प्रभु ५.३५ प्रतिशत, स्टान्डर्ड चार्टड ५.१३ प्रतिशत, राष्ट्रिय वाणिज्य ५.५ प्रतिशत, नबिल ५.५ प्रतिशत, ग्लोबल आईएमई ६ प्रतिशत, सिद्धार्थ ५.५ प्रतिशत, प्राइम कमर्सियल ६ प्रतिशत, कुमारी५.२१ प्रतिशत, सानिमा५.७५ प्रतिशत, हिमालयन ६ प्रतिशत , नेपाल एसबीआई५.२५ प्रतिशत, इन्भेस्टमेन्ट मेगा५.२५ प्रतिशत, एनएमबी ६ प्रतिशत, सिटिजन्स ५.५ प्रतिशत रहेको छ ।>>