परराष्ट्रमन्त्री एनपी साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।>
नेपाल निर्यात व्यवसायी महासंघसँगको भेटमा मन्त्री साउदले स्वदेशी उत्पादनको निर्यात बढाउनका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले तत्परता देखाउनुपर्ने बताए ।>
उनले भने, ‘नेपालले विभिन्न देशबाट वस्तुहरु आयात गरे पनि त्यो अनुसार निर्यात गर्न नसक्दा व्यापार सन्तुलन हुन सकेको छैन । नेपालको उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुन्छ ।’>
>>>
नेपालका उद्योगी व्यवसायीहरुले विदेशबाट सामान आयात गर्ने मात्रै नभएर नेपाली उत्पादन पनि विदेश निर्यात गर्न आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि गर्नको लागि गुणस्तरीय वस्तु उत्पादन गरी निर्यातमा जोड दिए ।>
उनले भने, ‘अहिले नेपालले आयात गर्ने अधिकांश देशहरुमा व्यापार घाटा रहेको छ । निर्यात गर्ने वातावरणमा सरकार र निजी क्षेत्र दुवै लाग्न सकेको छैन। निर्यात प्रवर्द्धन गर्ने निकायले मजबुद हुन सकेको छैन ।’>
निजी क्षेत्रको अपेक्षा अनुसार परराष्ट्र मन्त्रालयले विभिन्न देशका राजदुतहरुलाई त्यो देशको आवश्यकता हरेर नेपाली उत्पादन निर्यातको सम्भावनाका बारेमा छलफल गरी नेपाली वस्तु निर्यातको वातावरण बनाउन निर्देशन दिनसक्ने बताए । नेपाल भूपरिवेष्ठत राष्ट्र भएकाले उत्पादित वस्तु महँगो हुने गरेको बताए ।>
>
>>