सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Jasus Khabar 1+ समाचार ( )
१८ आषाढ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा माओवादी केन्द्र सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबैजसो काण्डको छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्ने दृढता व्यक्त गरे।

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा सरकारले कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै त्यसमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार